News & Events
हिउँदे विदा सम्बन्धी सूचना-मिति:२०८२।०९।११
श्री सम्पूर्ण विद्यालय (सामुदायिक तथा संस्थागत),
कलैया उपमहानगरपालिका, कलैया, बारा।
विषयः- हिउँदे विदा सम्बन्धमा।
उपरोक्त सम्बन्धमा यस कलैया उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुमा बढ्दो जाडोको कारण बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने भएकोले बर्षे विदाबाट कट्टा हुने गरि मिति २०८२ पौष १३ गते आइतवार देखि १५ गते मंगलवार सम्म विद्यालयको पठनपाठन बन्द रहने र मिति २०८२ पौष १६ गते बुधवारको दिन देखि निर्धारित समयमा विद्यालय संचालन हुने समेत जानकारी गराईन्छ।
राजिव कुमार यादव
(शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख)